• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

झन् एक्लिँदै बाबुराम

64x64
सक्षम मानन्धर बुधबार, चैत ७, २०८०  १४:२४
1140x725

काठमाडौं- तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरेपछिका ८ वर्षमा डा बाबुराम भट्टराई राजनीतिक शक्तिका कोणबाट सर्वाधिक कमजोर अवस्थामा पुगेका छन्। उनी नेतृत्वको नेपाल समाजवादी पार्टी पछिल्लो पटक पुनः विभाजन भएसँगै उनी थप एक्लिएका छन्।

नेपाल समाजवादी पार्टीका अर्का अध्यक्षसमेत रहेका सांसद महिन्द्रराय यादवले गत शनिबार माओवादी केन्द्रसँग एकताको सहमति गरेका हुन्। सहमतिबारे जानकारी दिन सार्वजनिक गरिएको प्रेस नोटमा एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको उल्लेख छ।

यो एकताको सहमतिलाई डा भट्टराईले अस्वीकार गरेका छन्। आइतबार बसेको भट्टराई पक्षको कार्यकारिणी समितिको बैठकले यादव पक्षले गरेको एकतालाई खारेज गरेको हो। सोमबार बसेको केन्द्रीय समितिको छैटौं बैठकले एकताको नाममा जारी गरिएको वक्तव्यलाई अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएकाहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

अर्कोतिर, यादव पक्षले पनि मंगलबार केन्द्रीय समितिको छैटौं बैठक राखेको थियो। यो पक्षले भट्टराई पक्षले गरेको निर्णयलाई अमान्य घोषित गर्‍यो। माओवादी केन्द्रसँग भएको एकताको सहमतिलाई अनुमोदन गर्नुको साथै प्रदेशका इन्चार्ज र अध्यक्षको जिम्मेवारी आफू अनुकूल तोकेको छ।

पछिल्ला दिनमा दुवै पक्षले गरिरहेका गतिविधिहरू पार्टी विभाजनका क्रममा देखिने स्वाभाविक गतिविधिहरू हुन्। जुन नेपालमा जुनसुकै पार्टी विभाजनका बेलामा पनि हुने गर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

२०७२ असोजमा माओवादी केन्द्र परित्याग गरेपछि डा भट्टराई संलग्न भएको यो चौथो पार्टी हो। माओवादी परित्याग गरेपछि उनले आफ्नै नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका थिए। सो पार्टी संघीय समाजवादी पार्टीसँग एकता भई समाजवादी पार्टी नेपाल बनेको थियो। त्यसले पनि राष्ट्रिय जनता पार्टीसँग एकता गरेपछि जनता समाजवादी पार्टी बनेको थियो। डा भट्टराईले जसपा पनि परित्याग गरी नेपाल समाजवादी पार्टी गठन गरेका थिए।

नयाँ शक्ति नेपाल घोषणा गर्दै गर्दा उनलाई माओवादी विरासतका थुप्रै नेताहरूले साथ दिएका थिए। तिनै मध्येका एक थिए देवेन्द्र पौडेल। उनी अहिले माओवादी केन्द्रका सचिव छ। साथै, रामेश्वर खनाल, करिश्मा मानन्धर जस्ता गैरराजनीतिक पृष्ठभूमिका प्रभावशाली व्यक्तिहरू पनि पार्टीमा जोडिएका थिए। तर विस्तारै विस्तारै उनीहरूले पनि साथ छाडेका छन्।

यस बीचमा पार्टी गठनमार्फत् जोडिएका कैयौं नेताहरूलाई पनि उनले आफ्नो साथमा राख्न सकेको देखिँदैन। अरु त के कुरा, महिन्द्रराय यादवले जसपा विभाजनका बेलामा उनलाई साथ दिएका थिए। अब उनी स्वयंले पनि माओवादी केन्द्रसँग एकताको नेतृत्व गरेका छन्। भट्टराईसँग निरन्तर निकट सम्बन्धमा रहेका गंगानारायण श्रेष्ठ पनि एकताकै पक्षमा उभिएका छन्।

नेपाल समाजवादी पार्टीमा डा भट्टराईका अतिरिक्त सार्वजनिक चर्चामा आउने र राजनीतिक रुपमा प्रभावशाली नामहरू देखिँदैनन्। पूर्वप्रधानमन्त्री भएका र अध्ययनशील नेता भएका कारण उनी बेवास्तामा पर्दैनन्, तर राजनीतिक रुपमा भने उनी स्वयंको पनि प्रभाव झन्‌पछि झन् कमजोर बन्दै गएको छ।

गत निर्वाचन वरपर नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग एकता गर्ने चर्चा भएको थियो। एकता हुने पूर्वआकलनकै कारण नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रकै नाममा निर्वाचन लडेको थियो। माओवादी केन्द्रकै तर्फबाट नेपाल समाजवादी पार्टीका कतिपय नेताहरू संघीय र प्रदेश सांसद पनि भएका छन्।

निर्वाचनपछि दुवै पक्षले कार्यदल पनि बनाएका थिए। तर डा भट्टराईले नयाँ पार्टीका नाम लगायतका विषयमा असहमति राखेका थिए। सांसद माओवादी केन्द्रको हुनुपर्ने तर नेता नेपाल समाजवादीको हुनुपर्ने अप्ठ्यारोका बीच सांसद रहेकाहरूले भट्टराईलाई उछिनेर एकताको अग्रसरता लिएका हुन्।

‘आफ्नो व्यक्तिगत र पार्टीको प्रभाव खुम्चिँदै गएको उहाँ (भट्टराई)ले बुझ्नुभएन। बुझ्नुभएको भए पनि गम्भीरतापूर्वक बुझ्नुभएन। एकताका विषयमा उदार हुनुभएको भए उहाँ एकतापछिको पार्टीको प्रभावशाली नेता हुनुहुन्थ्यो। साथै कमजोर हुँदै गएको राजनीति प्रभावले 'सेफ ल्यान्डिङ' हुने अवसर पाउँथ्यो‘, एकता प्रक्रियामा जोडिएका एक नेता भन्छन्, ‘एकतामा नआएपछि झन् कमजोर हुने, झन् एक्लिने त स्वाभाविक नै हो नि।’

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन उनले सार्वजनिक नीति, कानुन निर्माण तथा संस्थागत निर्णय प्रक्रियामा कानुन समूहका जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरि... शुक्रबार, जेठ २२, २०८३
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै शनिबार, जेठ २३, २०८३
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने शनिबार, जेठ २३, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्