काठमाडौं- नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठेरो पर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएको दाबी गरे।
उनले भने, ‘सहकारीहरुलाई निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन। र, स्थानीय तहहरुले पूर्वाधारमा खर्च गर्न गाह्रो परिरहेको छ। अघिल्लो वर्षको खर्च गर्ने क्षमता हेरेर स्थानीय तहहरुलाई ५० प्रतिशत पैसा पहिल्यै दिनसके पूर्वाधारमा खर्च गर्न सजिलो हुने थियो।’
सरकारले सडक, ट्रान्समिसन लाइन, कृषि र आईटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।