काठमाडौं- राष्ट्रिय सभामा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० पेस गरिएको छ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
प्रतिवेदन प्रस्तुत गर्दै उनले श्रीलंका टापुको बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा रहेको बताए। उनले सगरमाथा प्रदुषण नियन्त्रण समितिको भूमिकालाई प्रवर्द्धन गरी विश्वमा ताजा र नेपालको शानको रुपमा रहेको सगरमाथाको सफाइमा विशेष ध्यान दिनुपर्ने, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी प्रभावकारी नीतिको अबलम्वन गर्नुपर्ने आवश्यकता औंल्याए।
मानव र वन्यजन्तु द्वन्द्वको कारण सिर्जित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्ने बताउँदै उनले संरक्षित क्षेत्रहरुमा एकीकृत सूचना प्रणाली लागू गर्न, मध्यवर्ती र कोर एरियाबीचको स्पष्ट सीमा निर्धारण हुनुपर्ने, संरक्षित क्षेत्रको सीमांकन जिपीएसका आधारमा निर्धारण गर्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।