काठमाडौं- जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले देशमा सुन तस्करीको बिगबिगी रहे जस्तै मधेसमा अवैध मदिराको बिगबिगी रहेको बताएकी छिन्।
उनले आफ्नो गृहजिल्ला सप्तरीमा मदिराको अवैध कारोबारको बिगबिगी बढेकाले जिल्लामा अशान्ति फैलिएको बताइन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, 'देशमा यहाँ सुन तस्करीको बिगबिगी छ भने मधेसमा अवैध मदिराको बिगबिगी बढेको छ। त्यतातिर गृह मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु।'
उनले आगलागी, हावाहुरीबाट पीडित हुने जनतालाई कसरी सम्बोधन गर्ने भनेर गृह मन्त्रालयको ध्यानाकर्षण गराइन्। उनले नागरिकताको कानुन बनाए पनि नागरिक वितरण गर्ने निकायले सहज रुपमा नागरिकता वितरण नगरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।