काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता समीकरणले पनि जनतामा नयाँ आशा जगाउन नसके देश अफ्ठ्यारोमा जाने बताएका छन्।
मंगलबार सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्ने बताए।
उनले न्यूनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताए।
उनले नयाँ सत्ता समीकरण र संकल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अफ्ठ्यारोमा जाने दाबी गरे।
उनले सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभूति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिए।
उनले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले वर्तमान सरकार नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताए।
अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।