काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाए।
उनले सरकारभन्दा बाहिर हुने बित्तिकै नेपाली कांग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने बताए।
उनले भने, ‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ। सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन। हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भू्मिका माग्दछौं। संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने? सम्भव नै छैन।’
अध्यक्ष ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।