काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र शुसासन कायम गर्ने कुरामा कसैलाई काखा र कसैलाई पाखा नगर्ने दाबी गरेका छन्। संसद्मा सांसदहरुको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि जवाफ दिँदै विशेष समय लिएर प्रधानमन्त्री प्रचण्डले आफू कठोर रुपमा सुशासन कायम गर्न लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे।
उनले सुशासन कायम गर्ने कुरामा आफूले कुनै सम्झौता नगर्ने भन्दै आफ्नो पार्टी वा अरुको पार्टी नहेर्ने दाबी गरे। उनले दोषी देखिएमा कसैलाई उन्मुक्ति नहुने पनि उनले दाबी गरे।
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारमा आएपछि भष्ट्राचार, जग्गा घोटाला र सुन तस्करीमा छानबिन गरिरेको भन्दै यसमा भेदभाव नहुने पनि दाबी गरे।
‘कसैलाई काखा र कसैलाई पाखा नगरी सरकारले काम गर्दछ, ’ प्रधानमन्त्रीले भने, ‘दोषी नपरोस् र निर्दोष नफसोस् भनेर मैले अनुसन्धान गर्नेहरुलाई भनेको छु। हालै भएको घटनले पनि यसको पुष्टि गरेको छ।’
उनले सुन तस्करीमा आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेकोतिर संसद्मा संकेत गरेका थिए। उनले उपप्रधानमन्त्री रवि लामिछाने सहकारीको ठगीमा कतै संलग्न भएको आफूले नदेखेको दाबी पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।