• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दीपक मनाङेलाई फापेको संसदीय व्यवस्था

64x64
सक्षम मानन्धर सोमबार, चैत ५, २०८०  २०:००
1140x725

काठमाडौं- गण्डकी प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ- १ (ख)  बाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सोमबार उनलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका हुन्। उनले सोमबार नै सपथ लिएका छन्।

२०७९ मंसिर ४ मा भएको निर्वाचनमा स्वतन्त्र सांसदको रुपमा विजयी भएको भए पनि उनी मंसिर १९ मै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। 'मेरो यस पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा आबद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछुु', मनाङेले त्यस दिन जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

आइतबार मात्रै मनाङेले सो पार्टी त्याग गरेका थिए। त्यसबारे उनले प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए।

संघीय सरकारको गठबन्धन बदलिएपछि सबैभन्दा पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले नै प्रतिक्रिया व्यक्त गरेका थिए। उनले फागुन २२ मै माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरिदिएका थिए। त्यसको भोलिपल्टै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पाण्डेका सामु तीस दिनभित्र प्रदेश समामा विश्वासको मत प्रमाणित गर्नुपर्ने छ। त्यसका लागि उनले मनाङेलाई मन्त्री बनाएको बुझ्न कठिन छैन।

गण्डकीमा बहुमतका लागि ३१ सिट चाहिन्छ। कांग्रेस एक्लैसँग २७ सिट छ। बहुमतका लागि उनले एमाले र माओवादी केन्द्रको साथ पाउने सम्भावना छैन। त्यसैले २ सांसद रहेको राप्रपा र एक जना स्वतन्त्र सांसदको सहयोग पाए पनि बहुमत पुग्दैन।

अहिले मनाङे र राप्रपाको साथ लिन सकियो भने पाण्डेको पक्षमा ३० सांसद पुग्नेछन्। त्यो बहुमत त होइन, तर अल्पमत पनि होइन। कांग्रेस, राप्रपा र मनाङे एक ठाउँमा उभिँदा प्रदेशमा अर्को सरकार बन्न सक्दैन। बरु प्रदेश सभाको सबैभन्दा ठूलो दलको रुपमा कांग्रेसकै सरकार बन्न सक्छ।

पाण्डे र मनाङे दुवैको यो परिस्थितिको आकलन गरेको बुझ्न सकिन्छ। जबकि, यसअघि एकीकृत समाजवादीले सहमतिअनुसार मन्त्री बनाउन भन्दाभन्दै पनि पाण्डेले बनाएका थिएनन्। त्यसप्रति एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमा असन्तुष्टि नै पोखेका थिए। गत मंसिर २३ मा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले सहमति अनुसार मन्त्री नबनाएर मुख्यमन्त्रीले आलटाल गरिरहेको बताएका थिए।

उतिबेला आलटाल गरेको भए पनि आफूलाई अप्ठ्यारो भएपछि मुख्यमन्त्रीले मनाङेलाई मन्त्री बनाएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

समीकरणमा गडबड, मनाङेलाई लाभ

सत्ता समीकरणमा गडबड हुने बित्तिकै मनाङेलाई लाभ पुग्ने गरेको विगतको उदाहरणले पनि देखिन्छ। त्यसको सुरुवात २०७८ सालमा भएको थियो।

२०७४ सालको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका थिए मनाङे। तर उनी एमाले प्रवेश गरेका थिए। तर, नेकपा विभाजन र एमालेभित्रको किचलोका बीच तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध २०७८ वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सरकारको पक्षमा बहुमत जुटाउने खेल चलिरहँदा उनले १३ गते नै एमाले छाडे। त्यतिबेला सो प्रदेशमा सांसदलाई कोरोनाको 'नक्कली' संक्रमणदेखि 'अपहरण' जस्ता अनेक प्रकरण घटेका थिए। त्यसैक्रममा अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्री भएका थिए। मनाङेलाई मन्त्री बनाउन मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएका थिए।

तर मुख्यमन्त्रीले विश्वासको मत लिनुपरेन। उनले प्रदेश सभामा मतदान हुने भनेर पुनः तोकिएको मितिभन्दा एकदिन अर्थात् २०७८ वैशाख २६ मा राजीनामा दिए।

Xtrem

Xtrem

नयाँ सरकार गठनका लागि आह्वान भए पनि राजमोभित्र देखिएको किचलोका कारण कांग्रेस, माओवादी केन्द्र लगायतका दलका तर्फबाट मुख्यमन्त्रीमा दाबी गरेका कृष्णप्रसाद पोखरेलको दाबी अस्वीकार भयो। प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भए। मनाङेले पुनः युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाए।

मुख्यमन्त्री गुरुङले तीस दिनभित्र पुनः विश्वासको मत लिनुपर्थ्यो। जसअनुसार उनले जेठ २७ गते विश्वासको मत लिँदै थिए। सरकारकै मन्त्री मनाङे भने मतदान प्रक्रियामा अनुपस्थित भइदिए। मुख्यमन्त्री गुरुङको मात्रै पद गएन, मनाङे पनि पदमुक्त भए। मनाङेले राजीनामा घोषणा गरे। अर्कोतिर आफैं पदमुक्त भइसकेका मुख्यमन्त्री गुरुङले मनाङेलाई पदमुक्त गरे।

त्यसपछि पुनः सरकार गठनका लागि आह्वान भयो। गठबन्धनको तर्फबाट कांग्रेसका कृष्णचन्द्र पोखरेलको दाबी परेको थियो। उनलाई मनाङेले पनि समर्थन गरेका थिए। पोखरेल जेठ २९ मै मुख्यमन्त्री नियुक्त भए। सो सरकारमा मनाङे सुरुमा विना विभागीय र पछि युवा तथा खेलकुद मन्त्री भएका थिए।

बुधबार मन्त्रीको सपथ लिएपछि मनाङेले मुख्यमन्त्री पाण्डेलाई बहुमत नपुगे पनि आफू नयाँ गठबन्धन (एमाले-माओवादी केन्द्र)तिर नजाने बताएका छन्। पत्रकार सम्मेलनमा पत्रकारको प्रश्न थियो, 'तपाईंलाई जहिल्यै मुख्यमन्त्री अल्पमतमा परेपछि मन्त्री बनाइन्छ, किन?' मनाङेको जवाफ थियो, 'मेरो कामै यस्तो रहेछ। किनभने साह्रै गाह्रो हुँदाचाहिँ मैले लड्ने हो। मेरो ब्याकग्राउन्ड पनि, म लडाइँबाटै आएको हो। युथ पोलिटिक्सबाट आएको मान्छे। एकदम गाह्रो हुँदा म रिस्क लिन्छु। अरुले रिस्क लिन सक्दैनन्। रिस्क लिन पनि सक्नुपर्छ।'

तर मनाङेको विगतले उनले जुनसुकै बेला मुख्यमन्त्रीको साथ छोड्ने गरेको देखिन्छ। जसको पुनरावृत्ति फेरि पनि नहोला भन्न सकिँदैन। किनकि, जता गए पनि उनलाई लाभ हुने निश्चित जस्तै छ।

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस आयोगले २०८३ भदौ २६ गते निर्णय गर्दै प्रसाईंले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर सुरक्षा घेरा तोडेको र ‘संसद् भवन जलाउनुपर्छ’ जस्ता... बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रु ग्यासहरु प्रहार गरिएको भन्दै आयोगले सुरक्षा निकायलाई स्रोत साधानयुक्त बनाउन भनेको हो । बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
नेपालका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्