काठमाडौं– सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ।
म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्याइएको हो।
भेपमार्फत् गरिएको करिब ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार नै कपिलवस्तुबाट पक्राउ गरेको थियो।
यसअघि पनि सोही प्रकरणमा महराले सीआईबीमा उपस्थित भएर बयान दिएका थिए। उनका छोरा राहुल महरा पूर्पक्षका लागि थुनामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।