काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन सोमबार मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री पाण्डेले आफूलाई स्वतन्त्र भन्ने मनाङेसहितका सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। मनाङे चौथोपटक मन्त्री बनेका हुन्।
नवनियुक्त मन्त्री मनाङेको सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण कार्यक्रम तय भएको छ। मन्त्री मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
मुख्यमन्त्री पाण्डेले मन्त्री महेन्द्रध्वज जिसीलाई अर्को मन्त्रालयको जिम्मेवारी समेत थप गरेका छन्। यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मवारी दिएकोमा सोमबार मन्त्रालय पुनर्गठन गरेर जिसीलाई थप सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन्। यो सँगै जिसीलाई दुई मन्त्रालयको जिम्मेवारी दिएको छ।
१ सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री
२ महेन्द्र ध्वज जिसी—कृषि तथा भूमि व्यवस्था तथा सामाजिक विकास मन्त्री
३ सरस्वती अर्याल, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
५ राजीव गुरुङ उर्फ दीपक मनाङे–भौतिक पूर्वाधार विकास मन्त्री
६ जीतप्रकाश आले, आर्थिक मामिला मन्त्री
७ दीपेन्द्रबहादुर थापा, उद्योग, पर्यटन र वन मन्त्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।