काठमाडौं– प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ।
सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन्।
सम्झौता संसद्मा पेस गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरु राष्ट्रहरुमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको बताए।
उनले यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसदमा पेस गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० वैशाख १९ मा स्वीकृत प्राप्त भएको बताए।
मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद् प्रतिनिधि सभा समक्ष प्रस्तुत गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।