काठमाडौं– सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयमा पुर्याइएको छ।
आजै बिहान र भैरहवामा पक्राउ परेका महरालाई विमानबाट काठमाडौं ल्याइएको थियो। सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाहीका लागि उनलाई पक्राउ गरिएको हो।
यसअघि महरासँग आयोगले बयानसमेत लिएको थियो। उनले आयोगसमक्ष सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग चिनजान भएको र भेटघाटसमेत भएको बयान दिएका थिए। भेपमार्फत् भएको सुन तस्करीमा यसअघि उनका छोरा राहुल पुर्पक्षका लागि थुनामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।