• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भेपमार्फत् सुन तस्करी : सीआईबीमा पुगेर महराले दिएका थिए यस्तो बयान

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०८०  ११:३२
1140x725

काठमाडौं– भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सोमबार भैरहवाबाट पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आफूले चिनियाँ नागरिकलाई भेटेको र भन्सार अधिकृतलाई छुटाइदिन कुराकानी गरेको स्वीकार यसअघि नै गरेका थिए।

पहिलो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसमक्ष बयान दिने क्रममा उनले उक्त कुराको स्वीकार गरेका थिए। महराले आफ्नो बारेमा पार्टीभित्र र सार्वजनिक रुपमा कुरा उठेपछि आफैं सीआईबीकहाँ पुगेर बयान दिएका थिए। 

स‌सद्‌मा महरा र उनका छोरा राहुल महरामाथि एमाले लगायतका दलका सांसदहरुले सदनमै कुरा उठाएपछि महरा सीआईबी पुगेका थिए। नेकपा मा‌ओवादी केन्द्रका उपाध्यक्ष  रहेका महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्षदेखिको चिनजान रहेको बयान दिएका थिए।

उनले आफू फलफूल व्यवसायी रहेको भनी आफूलाई चिनाएको दाबी गरेका थिए। विगत १५ वर्षयता नेपालमै बस्दै आएका र नेपाली पनि बोल्ने वाङसँग पुरानो चिनजान रहेको उनले स्वीकार गरेका थिए।

उनले वाङसँग आफूले टेलिफोनमा कुरा नगरेको तर भेटेको पनि स्वीकार गरेका थिए। सुन तस्करीमा छानबिनका लागि गठन भएको न्यायाधीश नेतृत्वको समितिमा पनि उनले त्यही कुरा गरेका थिए। समितिले उनको कुरालाई आधार बनाउँदै मोबाइल डीएफएल परीक्षणमा पठाएको थियो। 

ल्याब परीक्षणको प्रतिवेदनपछि महराको टेलिफोन सम्वादसहित अन्य कुरा समितिले अध्ययन गरेपछि अभियोगपत्र लैजान सिफारिस गरेको थियो। 

भन्सारमा आफ्नो इलेक्ट्रिक चुरोट (भेप) को सामान रोकिएपछि आफू जेलमा हुँदा चिनेका एक अधिकृतसँग कुरा गरेको उनको भनाइ थियो। तर सुनबारे वाङले केही नभनेको र आफूले पनि ती अधिकृतसँग कानुनसम्मत कार्य अगाडि बढाउन भनेको दाबी उनले गरेका थिए।

तर छानबिन समितिले उनले भनेकोभन्दा धेरै नै फरक पाएपछि अभियोगपत्र दायर गर्न भनेको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

‘मसँग टेलिफोन भएको होइन, भेट भएको हो। इलेक्ट्रिक चुरोटको सामान आएको छ भन्सारमा भनेपछि भन्सारका साथीसँग कानुनअनुसार काम गर्नुहोला, रोक्नपर्ने भए रोक्नु, छोड्नुपर्ने हो भने छोड्नु, ढिला गर्नुपर्ने हो भने गर्नु भनेको हो। यत्ति हो कुराकानी भएको,’ उनले भनेका थिए। उनले वाङले भन्सारमा इलेक्ट्रिक चुरोटको सामान रोकिएको भन्दा सुनको 'स' अक्षर पनि उच्चारण नगरेको बताएका थिए।

‘मैले केही इलिगल समान हो र भनेर सोधेँ। इलिगल होइन भने। इलिगल होइन भने के समस्या हो त भनेर भन्सारका साथीसँग कुराकानी भएको हो,’ उनले बयानमा भनेका छन्। 

उनले तस्कर आरोपी ती व्यक्तिसँग छोरा राहुलको टेलिफोन पनि सुनसँग सम्बन्धित नभएको दाबी गरेका थिए। भन्सारमा कुरा गरेका ती कर्मचारीसँग आफू जेल बस्दा चिनजान भएको उनले बयानमा उल्लेख छ। 

उनले भनेका थिए, ‘म १०-१५ वर्षसम्म सरकारी पदमा छु। विगतमा जेलमा परेको बेला, जेलमै भएका एक साथी थिए अधिकृत। कुरा भइराख्थ्यो। छोड्नुपर्ने हो भने छोड्नु, जे गर्ने हो कानुनसम्मत गर्नु भनेको हो,’ उनले भनेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनमा सघाउन आफू तयार रहेको पनि बयानमा बताएका छन्। उनले भनेका छन्, ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु भनेर भन्दै आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्