• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सोन्सको शल्यक्रिया : के हो पार्किन्सोन्स ?

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०७५  १५:२०
1140x725

काठमाडौं– वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ  भदौ २८ गते पार्किन्सोन्सको शल्यक्रिया गरिएको  छ।

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। पार्किन्सोन्सबाट पिडित श्रेष्ठको टाउकोको दायाँ भागमा डिप ब्रेन स्टिमुलेसन (डिविएस) नामक शल्यक्रिया गरिएको हो।

कलाकार श्रेष्ठ विगत ९ वर्ष देखि रोगको यो रोगबाट पिडित छन् । शल्यक्रिया पछि कलाकार श्रेष्ठको अवस्था राम्रो भएको अस्पतालले जनाएको छ । 

के हो पार्किन्सोन्स ?

-  डा. इशा ढुंगाना श्रेष्ठ, न्युरोलोजिस्ट, नर्भिक अस्पताल

पार्किन्सोन्स रोगले मानिसको नशामा असर गर्छ । यो रोग विस्तारै सुरु भई क्रमिक रूपले बढ्दै जान्छ र समयसँगै तीव्र रूप लिन्छ । विश्वव्यापी तथ्याङ्क हेर्ने हो भने करिब ६० लाख मानिस यो रोगबाट ग्रसित छन् । यो आफैँमा प्राणघातक रोग होइन, तर यससँग गाँसिएर आउने अरू जटिलताले गर्दा बिरामीलाई मृत्युको मुखसम्म पु¥याउँछ । यो रोग मृत्युका प्रमुख कारणमध्ये चौधौँ स्थानमा रहेको सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनले देखाएको छ ।

पार्किन्सोन्स लाग्ने यकिन कारण भने हालसम्म पत्ता लागेको छैन । तर, मस्तिष्कको मध्य भागमा रहेका स्नायुका विशेष प्रकारका कोषहरू (डोपामाइन जेनेरेटिङ) नष्ट हुँदा यो रोगका लक्षण देखा पर्छन् । हाम्रो मस्तिष्कमा स्नायुका विशेष कोषिका हुन्छन् । जसले डोपामाइन भन्ने रसायन उत्पादन गर्छन् । यो डोपामाइन भन्ने तत्वले मस्तिष्कका मध्य भागहरूबीच समन्वयन गरी हाम्रो शरीरको चाललाई नियन्त्रण गर्दछ, जसको मद्दतले हाम्रो शरीरका विभिन्न अङ्ग चलायमान हुन्छन् । तर, जब यी कोषिका मर्न वा नष्ट हुन थाल्छन् तब यो रोगका लक्षण देखिन थाल्छन् । यी कोषिकाहरू ६० देखि ८० प्रतिशतसम्म नष्ट भएपछि चालमा आउने असरका लक्षयणहरू देखिन थाल्छन् । मस्तिष्कका यस्ता स्नायु तन्तुहरू नष्ट हुने यो प्रक्रियालाई ‘न्युरोडेग्नेरेसन’ भनिन्छ र यस्ता समस्यालाई ‘न्युरोडेग्नेरेटिभ’ रोग भनिन्छ । यस्ता न्युरोडेग्नेरेटिभ रोगलाई पूर्णरूपले निको पार्ने उपचार हालसम्म सम्भव छैन । तर, विभिन्न प्रकारका उपचार विधिबाट यसलाई नियन्त्रणमा राख्न र लक्षणहरूमा सुधार ल्याउन भने सकिन्छ ।

लक्षण

पार्किन्सोन्स रोगका लक्षणहरू व्यक्ति वा बिरामीपिच्छे फरक–फरक हुन सक्छन् । सुरुको अवस्थामा लक्षणहरू मन्द रूपमा देखिने हुँदा याद नहुन सक्छन् । प्रायःजसो लक्षणहरू शरीरको दायाँ वा बायाँ एउटा भागबाट सुरु हुन्छन् र बिस्तारै अर्को भागमा पनि देखिन थाल्छन् । यसरी दुवैतर्फ फैलिसकेका लक्षणहरू पनि सुरुमा देखिएको भागमा अलि बढी कडा हुन्छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

यसका लक्षण निम्नानुसार छन्ः

१. कम्पनः शरीर काम्ने अथवा शरीरका केही भाग कम्पन हुनु यसको प्रमुख लक्षण हो । यस्ता कम्पन प्रायःगरी हात अथवा हातका औँलाहरूबाट सुरु हुन्छ । जुन पछि रोग बढ्ने क्रममा शरीरका अन्य भाग, विशेषगरी खुट्टाहरूमा फैलिन्छन् । कम्पनका लक्षण प्रायः आराम गरिरहेको अवस्थामा देखिन्छ र काम गर्दा वा निदाएको अवस्थामा हराउँछ । हातको बुढी र चोरी औँला बीच एक प्रकारको गोलाकार घर्षण चाल देखिन्छ, जसलाई ‘पिल रोलिङ ट्रिमोर’ भनिन्छ ।

२. मन्द चालः यो रोगको अर्को लक्षण भनेको शरीरको चालमा एक प्रकारको ढिलाइ देखिइनु हो । यो रोग बढ्दै जाँदा शरीरको चालमा असर गरी शरीरका चालहरूमा मन्दी अथवा ढिलोपना ल्याइदिन्छ । जसले गर्दा साधारण रूपमा गरिने दैनिक कार्य गर्न गाह्रो हुने तथा केही काम गर्न बढी समय लाग्ने हुन थाल्छ । सुरुको अवस्थामा बसेको कुर्सीबाट उठेर हिँड्न गाह्रो हुने र हिँड्दा पदचाप छोटा हुने गर्छ । पैताला भुइँमा टाँसिएको भान हुने र पैतालालाई उठाएर अगाडि बढ्न गाह्रो महसुस हुन थाल्छ । चालमा देखिने यो ढिलाइ सबै प्रकारका चाल र अवस्थामा एकैनासको भने हुँदैन । कतिपय अवस्थामा हिँड्नै गाह्रो भएका बिरामीले साइकल मजाले चलाएका पनि हुन्छन् ।

३. कडापनः शरीरका विभिन्न मांशपेशी तथा जोर्नीमा एक प्रकारको कडापन देखिन थाल्छ । जसका कारण शरीरका विभिन्न भाग चलाउन गाह्रो हुनुका साथै दुखाइ पनि महसुस हुन्छ । रोगको सुरुवाती अवस्थामा यस्तो कडापन (कक्रक्क) ले गर्दन र कुमको मांशपेसीलाई बढी असर गर्छ । रोग बढ्दै जाँदा पुरै शरीरलाई कडा पारी चालमा असर गर्दछ र हिँडडुल गर्न गाह्रो हुन थाल्छ ।

Xtrem

Xtrem

४. शरीरको सुन्तुलन बिग्रनुः यो रोग लागेपछि शरीरको सन्तुलन मिलाइराख्न गाह्रो हुन थाल्छ । रोग बढ्दै गएपछि मात्र शरीरको सन्तुलनमा गडबड देखिन्छ । शरीरलाई सन्तुलन गरी अयाएर राख्न गाह्रो हुने हुनाले बारम्बार लड्ने समस्या आउन सक्दछ । त्यसैगरी, उभिन गाह्रो हुने, शरीर अगाडितर्फ झुक्दै जाने र हिँड्दा पाइला छोटाछोटा हुने र धर्मराउने हुन्छ ।

५. स्वस्फुर्त चालमा कमीः स्वस्फुर्त रूपमा देखिने शरीरका विभिन्न चालमा कमी आउन थाल्छ । हिँड्दा हात नहल्लिने, बोल्दा भाव भङ्गिमा नदेखिने, आँखा झिम्किने र मुस्कुराउने क्रममा कमी देखिने यस रोगका अन्य केही लक्षण हुन् । भावभङ्गिमा हराउँदै जाने हुनाले अनुहारमा मुकुण्डो लगाएजस्तो भान हुन थाल्छ । त्यसैगरी, कतिपय बिरामीको स्वर तथा बोलीमा पनि असर पर्छ । बोलीमा एकोहोरोपना आउने, बोली धेरै नरम, छिटो अथवा लरबरिएको जस्तो हुन थाल्छ । लेखाई वा अक्षरहरूमा परिवर्तन देखिनु पनि पार्किन्सोन्सको लक्षण हो । अक्षरहरू साना–साना हुँदै जाने, एकै ठाँउमा गुचुमुच्च पर्न थाल्ने, सही गर्दा बारम्बार नमिल्ने जस्ता समस्या पनि यो रोगकै लक्षणभित्र पर्दछ । त्यसैगरी, बरोबर कब्जियत हुनु पनि पार्किन्सोन्स रोगको एउटा लक्षण हो ।

उल्लेखित लक्षणहरू देखिएमा पार्किन्सोन्स रोग लागेको हुनसक्ने आशंकाका कारण नशा रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । यी लक्षणबाहेक पार्किन्सोन्स रोग लागेका बिरामीहरूमा मानसिक समस्या पनि देखिन सक्छ । सोचाइ र स्मरण शक्तिमा कमी आउने सम्भावना रहन्छ ।

कारण

यो रोगबाट ग्रसित धेरैजसो बिरामीमा कुनै पनि विशेष कारण देखिँदैन । थोरै संख्यामा रहेका केही रोगीमा भने वंशाणुगत कारणहरू देखिएका छन् । त्यसैगरी, विभिन्नखाले कीटनाशक औषधि तथा बिषादीको संसर्ग पनि पार्किन्सोन्स रोग लाग्नुको एउटा कारण हुनसक्ने तथ्य भेटिएको छ ।


निदान अथवा जाँच

पार्किन्सोन्स रोगलाई निदान गर्ने कुनै विशेष चेकजाँच छैन । चिकित्सकहरूले बिरामीका समस्या सुनेर, लक्षणहरू हेरेर र नशाको पूर्ण परीक्षण गरेर यो रोगको निदान गरिन्छ । यस रोगका लक्षणहरूसँग मिल्दाजुल्दा लक्षण हुने रोगहरू छैनन् भनी छुट्याउनलाई मस्तिष्कको सिटी स्क्यान, एमआरआईजस्ता जाँच गरिन्छन् । पीईटी तथा एपीईसीटी जस्ता जाँचहरूले भने यस रोगको निदान गर्नमा केही मद्दत गर्दछन् ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै
सम्बन्धित सामग्री
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्