काठमाडौं- नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि)- १३ जारी गरेको छ। आइतबार जारी गरिएको निर्देशनमा सरकार गठनपछिको परिस्थितिबारे ब्रिफिङ गरिएको छ।
‘एकातिर प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने, अर्कोतिर हाम्रो अस्तित्वलाई स्वीकार नगरेको नेकपा एमालेसमेतको नयाँ समीकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकार सञ्चालनका नीति तथा कार्यक्रमहरुमा हाम्रो पार्टीलाई समानरुपले सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय गर्यो’, अपानिमा भनिएको छ।
वार्ताका क्रममा आफूहरूले उठाएका राष्ट्रिय महत्त्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुई जना मन्त्री पठाएको अपानिमा उल्लेख छ।
गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलगायतका दलहरुसँग नयाँ सत्ता समीकरण बनाउँदा एकीकृत समाजवादी बाहिरै थियो। त्यतिबेला एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा मात्रै नयाँ गठबन्धनमा जोडिएका थिए। तर पछि एकीकृत समाजवादी पनि जोडिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।