• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार गठनका लागि केन्द्रको निर्णय कुर्दै कर्णाली प्रदेश

64x64
नेपाल लाइभ आइतबार, चैत ४, २०८०  १३:२५
1140x725

कर्णाली- राजनीतिक समीकरणपश्चात् केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ। समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो छैन।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका पाँच दलसँग नयाँ गठबन्धन गरेपछि कर्णाली प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

फागुन २२ गते आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर बीसी र सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले राजीनामा दिएका हुन्।

कांग्रेस मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालय मुख्यमन्त्री राजकुमार शर्माले सम्हाल्ने र साविकका मन्त्रालय यथावत तवरले सञ्चालन हुनेगरी नियुक्ति र जिम्मेवारी हेरफेर गरी प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको मन्त्रिपरिषद् गठन गरे। तथापि कर्णाली एमालेसँगको समीकरणमा नयाँ गठबन्धन सरकार बन्न सकेको छैन। करिब दुई सातासम्म नयाँ सरकार गठन हुन नसकेपछि विकास निर्माणका कार्यमा बाधा पुगेको देखिन्छ। 

कर्णाली सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शर्मा र एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलसहित दुवै दलका पदाधिकारी बसेर सरकार गठनका विषयमा छलफल गर्दै आएका छन्। छलफलमा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार निरन्तर अगाडि बढ्नुपर्ने विषय राखेको छ भने एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मुख्यमन्त्री शर्माले आफू नेतृत्वको सरकारले नीति, कार्यक्रम तथा बजेट ल्याएकाले त्यसको कार्यान्वयनमा प्रभाव पर्ने र तत्काल फरक नेतृत्वको सरकारलाई त्यसमा टेकेर काम गर्नसमेत असहज हुने भएकाले आफू नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने तर्क राखेका छन्। 

उनले भने, ‘उहाँ (नेता कँडेल) नेतृत्वको सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटमा रहेर मैले पनि प्रतिफल ल्याउन गाह्रो हुन्छ। यो कुरा बुझ्दा दुवै दलका लागि हित नै हुन्छ।’

दुवैका आ–आफ्नै अडान भएपछि सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषय निकै पेचिलो बन्दै गएको छ। छलफलबाट निकास निस्कन नसकेपछि सरकार गठनमा अन्योल बढेको छ। एमाले कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक टेकराज पछाईँले यस पटक एमालेलाई नै सरकारको नेतृत्व दिन केन्द्रलाई अनुरोध गरिएको बताए।

Xtrem
Xtrem

‘केन्द्रमा समीकरण भएअनुसार हामी यहाँ दुई दल बस्यौँ। सामान्य छलफल भए पनि केन्द्रले जे निर्णय गर्छ, त्यसबमोजिम अगाडि बढ्नेबाहेक अरु त्यस्तो निर्णय हुन सकेन,’ उनले भने, ‘यही सरकारलाई निरन्तरता दिने भए त हामी बाहिर नै आउँदैनथ्यौँ। हाम्रो आग्रहअनुसार केन्द्रले निर्णय गर्ने आशा राखेका छौँ।’

माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले एक वर्ष माओवादीको नेतृत्वको सरकार सञ्चालन भइसकेको हुनाले यसलाई निरन्तरता दिनु उचित हुने तर्क गरे। उनले भने, ‘दुवै दलले सरकारमा आ–आफ्नो नेतृत्व खोज्नु स्वाभाविक नै हो। यद्यपि केन्द्रीय गठबन्धनको मर्म र भावनाअनुसार प्रदेशले चल्नुपर्छ। यहाँको आन्तरिक छलफलमा दुवै दलले नेतृत्व आफूले पाउनुपर्ने अडान कायमै राखेका छन्।’

कर्णालीमा दुवै दलबीच आपसी छलफल भए पनि यो पर्याप्त र निर्णायक अवस्थामा पुग्ने छेकछन्द छैन। दुवै दलका आ–आफ्नै अडान छन्। ती अडान निष्कर्ष पुग्ने देखिँदैन। कर्णाली सरकार कसको नेतृत्वमा गठन हुने भन्ने कुरा केन्द्रबाट आउने निर्णय एवं निर्देशनले निर्धारण गर्ने बताइएको छ। प्रदेशबाट सरकारको नेतृत्वको विषय यहाँबाट नटुङ्गिने भएकाले केन्द्रबाट आउने निर्णयलाई दुवै दलले कुरेर बसेका छन्।

–रासस

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सम्बन्धित सामग्री
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको शाखा अधिकृतको सरुवामा दुई जनालाई पुनः प्रमुख प्रशासकीय अध... सोमबार, असोज १२, २०८३
कार्टुन सोमबार, असोज १२, २०८३
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुः... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्