काठमाडौं- प्रतिनिधि सभाको आइतबारको बैठक सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। जसपा नेपालबाट निर्वाचित सांसद मञ्जु शर्मा अन्सारीको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको हो।
अन्सारीको आइतबार बिहान काठमाडौंको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। जसपाबाट समानुपातिक सांसद रहेकी उनी ६० वर्षकी थिइन्।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्।
प्रतिनिधि सभाको अर्को बैठक सोमबार बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।