तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ। चालु अधिवेशन तीन दिन मात्रै चलेको थियो।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।