• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम सरकार गठनमा नागरिक उन्मुक्ति निर्णायक

64x64
नेपाल लाइभ शुक्रबार, चैत २, २०८०  २०:५०
1140x725

धनगढी- सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धन अनुसार सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ। सो पार्टीको साथ बिना सत्तापक्ष र प्रतिपक्ष दुवैलाई बहुमत पुर्‍याउन सक्ने अवस्था नरहँदा उक्त पार्टी निर्णायक देखिएको हो।

गठबन्धन फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई बहुमत कायम राख्न समस्या देखिएको छ। नयाँ गठबन्धनलाई पनि बहुमत जुटाएर सरकार गठन गर्न समस्या देखिएको छ।

फेरिएको नयाँ गठबन्धनमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुख सहित ११ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का चार प्रदेश सभा सदस्यले मात्र सरकार गठनमा बहुमत पुग्दैन। प्रदेश सभा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन्। एक पद रिक्त छ।

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन चाहिन्छ। नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन सभामुख बाहेक थप तीन सदस्य अपुग देखिएको छ। प्रदेश सभाको यस्तो गणितमा नागरिक उन्मुक्ति निर्णायक देखिएको हो। सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई पनि आफ्नो नेतृत्वको सरकार जोगाउन सकस छ।

आफ्नो पक्षमा बहुमत जुटाउन मुख्यमन्त्री शाहले केही दिनयता नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका थप चार सदस्यलाई समेटेर दुई पटक मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। प्रदेश सभामा रहेका एक स्वतन्त्र सदस्य र राप्रपाका एक सदस्यले समेत मुख्यमन्त्रीलाई समर्थन गर्ने अश्वासन दिएपछि मुख्यमन्त्रीले नागरिक उन्मुक्तिका थप सदस्यलाई मन्त्री नियुक्त गरेको बताइन्छ।

प्रदेश सभामा एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले केन्द्रमा फेरिएको समीकरण अनुसार प्रदेश तहमा पनि सरकार गठन हुने बताए। ‘पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भन्ने अनौपचारिक कुरा भइरहेको छ,’ उनले भने, ‘केन्द्रमा नेताहरूबाट नागरिक उन्मुक्तिसँग कुरा भइरहेको छ, केन्द्रमा फेरिएको समीकरणका पक्षमा सो पार्टीले आफ्नो मत जाहेर गरिसकेकाले प्रदेशमा पनि उसले सहयोग गर्ने विश्वास छ।’

मुख्यमन्त्रीलाई आफ्नो नेतृत्वको सरकार जोगाउन नागरिक उन्मुक्ति पार्टीका साथै प्रदेश सभाका स्वतन्त्र सदस्य डा तारा जोशी र राप्रपाको साथ पनि आवश्यक हुन्छ। प्रदेश तहमा नयाँ गठबन्धनको सरकार बनाउन संसद्को गणित अनुकूल नदेखिएपछि नागरिक उन्मुक्तिलाई नयाँ गठबन्धनमा ल्याउने प्रयास भइरहेको हो।

केन्द्रमा नयाँ गठबन्धनमा उभिइसकेको नागरिक उन्मुक्ति पार्टी प्रदेश तहमा भने अहिलेसम्म नयाँ समीकरणमा गइसकेको छैन। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीलाई पदमुक्त गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

मुख्यमन्त्रीलाई प्रदेश सभामा कांग्रेस सहितका नागरिक उन्मुक्ति, राप्रपा र एक स्वतन्त्र सांसदको समर्थन रहेमा सरकार टिकाउन बहुमत पुग्छ। नगरिक उन्मुक्ति फेरिएको नयाँ समीकरण अनुसार गएमा नयाँ समीकरणलाई सरकार गठन सहज देखिन्छ। यद्यपि नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवादसँगै सत्ता र प्रतिपक्षको प्रदेश सभाको गणित यकिन हुन सकेको छैन।

नागरिक उन्मुक्तिको विवादपछि प्रदेश सभामा रहेका स्वतन्त्र एक सदस्य र राप्रपा एक सदस्यले पनि कुनै निर्णय गरिसकेका छैनन्। प्रदेशमा सरकार गठनका विषयमा सो पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठबीच मतभेद छ।

सो पार्टीका संरक्षक चौधरी प्रदेश सरकारलाई समर्थन कायम राख्नुपर्ने पक्षमा र अध्यक्ष श्रेष्ठ भने केन्द्रमा बनेको नयाँ गठबन्धनमै सहभागी हुनुपर्ने अडानमा रहेको सो पार्टीका एक नेताले बताए। संरक्षक रेशमलाल चौधरीकै सल्लाहमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् पुनर्गठनमा नागरिक उन्मुक्तिका थप सदस्यलाई समावेश गराएको बताइएको छ।

केन्द्रीय सरकारलाई समर्थन गर्ने विषयमा पनि दुई जनाबीच विवाद देखिए पनि अध्यक्ष एवं सांसद श्रेष्ठ सहितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पक्षमा विश्वासको मत जाहेर गरेका थिए। अध्यक्ष रञ्जिताले प्रदेश सरकारबाट तत्काल बाहिरिन सुदूरपश्चिम प्रदेशको संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर प्रदेशसभामा संरक्षक पक्षधर सदस्यको बहुमत हुँदा अहिलेसम्म अध्यक्षको निर्देशन पालना भएको छैन।

सो पार्टी संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले हाल प्रदेश सरकारलाई नै समर्थन कायम राखेर जानुपर्ने मत रहेको बताए। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धिरेन्द्र शाहीले नागरिक उन्मुक्तिको साथ प्रदेश सरकारलाई यथावत रहेको बताए। उनले भने, ‘नागरिक उन्मुक्तिको समर्थन यथावत छ, तर पनि अहिल्यै केही भन्न सकिने अवस्था छैन।’

-रासस

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्