काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमको जिम्मेवारी श्याम ज्ञवालीलाई दिइएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको हो।
यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन्। ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।