काठमाडौं– नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले देशमा देखिएका समस्याहरुको समाधान गर्नु सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले देशमा अविकास, बेरोजगारी, तस्करी, कमिसनतन्त्र र भ्रष्टाचारको समस्या रहेको भन्दै सबै समस्याहरु साझा समस्या भएको बताए।
उनले ति समस्याहरुको समाधान गर्नु संसद्मा भएका सबै राजनीतिक दलहरुको साझा दायित्व भएको बताए। समस्या समाधानका लागि सरकारको विशेष पहलकदमी, भूमिका र नेतृत्व भने आवश्यक पर्ने भन्दै उनले सरकार त्यस दिशामा अघि बढ्नुपर्ने बताए।
उनले सत्तापक्ष हुँदा कुनै समस्याहरुमा चासो नदेखाउने तर प्रतिपक्ष हुनासाथ क्रान्तिकारी बन्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले आगामी दिनमा कम्युनिस्ट पार्टीहरुका बिचमा सहकार्य मजबुत हुँदै जाने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।