काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन्।
स्वार्थहरुको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उनको भनाइ थियो।
बुधबर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वास मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित नयाँ सत्तासमीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने जिकिरसमेत गरे।
उनले सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको ७ बुँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताए। अध्यक्ष लिङदेनले सत्ता केन्दित चलखेल आफ्नो पार्टीले नगर्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।