काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने प्रष्ट पारेका छन्।
'हामी मंसिर ४ गते जनताका बीचमा गरिएको बाचाबन्धन तोडिराखेर, जनतासँग गरिएको गठबन्धनलाई छोडिराखेर, जनतालाई दिइएको धोकापछि अर्को गठबन्धन बनाएर जाँदै गर्दा जनताले गरेको मंसिर ४ को जनमतको जगमा विश्वासको मत दिन नसकिने कुराको जानकारी गराउन चाहन्छु', उनले भने।
सम्बोधन क्रममा उनले आफूहरू प्रतिपक्षमा बसेर गालीगलौज नगर्ने बताए। कांग्रेसले संविधानको कार्यान्वयन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषयमा प्रतिपक्षीय मनोविज्ञानमा नराख्ने उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा बुधबार विश्वासको मत लिँदैछन्। तेस्रो पटक प्रधानमन्त्री भएपछि उनले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।