काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी दिनमा संसद् सहजै रुपमा चल्छ भन्ने नसोच्न सरकारलाई चेतावनी दिएको छ।
नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले तत्कालीन उपराराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय सुन तस्करीमा जोडिएको कुराको निराकरण नभएसम्म सदनको आगामी बैठक सहज रुपमा चल्छ भन्ने नसोच्न सरकार र सत्तारुढ गठबन्धनलाई सचेत गराइन्।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै बोल्दै उनले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएर विद्यमान कानुनमा नै उथलपुथल ल्याउने काम गरेको भन्दै यस सम्बन्धमा तत्काल जवाफ दिन पनि प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरिन्।
सचेतक थिङले सहकारी ठगीको मुद्दा लागेकालाई गृहमन्त्री बनाएर प्रधानमन्त्री दाहालले उथलपुथल गरे पनि त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने बताइन्।
सचेतक थिङले संसद्मा सरकारमाथि प्रश्नप्रश्न उठेकाले त्यसका जवाफ पनि सरकारबाट तत्काल आउनुपर्ने दबाब समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।