काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता परिर्वतन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले गरेको दाबी गरेका छन्। बुधबार संसद् बैठकमा बोल्दै ओलीले नेपाली कांग्रेसले पनि धोका दिने भन्दै इमानका कुरा गर्न नमिल्ने दाबी गरे।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अघिल्लो पटक सरकारमा नभएपछि विश्वासको मत दिएकाले अहिले किन नदिने भनी प्रश्न उठाए।
‘हजार मुसा खाएपछि बिरोलो घन्टी बाँधेर पशुपति’ भनी ओलीले टिप्पणी गरे। ओलीले नेपाली कांग्रेसले धोका नदिने भनी संसद्मा भनेकोप्रति व्यंग्य गरे।
उनले अहिलेको परिर्वतन कसैले वा कुनै देशले नभएको भन्दै आफू र माओवादीका अध्यक्ष प्रचण्डले गरेको दाबी गरे। उनले नेपाली कांग्रेससँग कुनै गुनासो नरहेको तर विगत मात्र आफूले भनेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।