काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्। उनले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।
पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिन लागेका हुन्। उनले कांग्रेससँगको गठबन्धन तोडेर एमाले सहितको नयाँ समीकरण बनाएका छन्।
समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले चैत २३ गते भित्र विश्वासको मत लिनुपर्ने थियो।
विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डलाई कम्तीमा १३८ मत चाहिन्छ। अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको समर्थन छ। सरकारमा सहभागी दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।