काठमाडौं– नागरिक उन्मुक्ति पार्टी केन्द्र सरकारमा सहभागी नहुने भएको छ।
मंगलबार पार्टीको केन्द्रीय संस्थापक केन्द्रीय सदस्यहरुको दुई तिहाई बहुमतको निर्णयले केन्द्र सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो।
साथै सरकारलाई समर्थन पनि नगर्ने र प्रतिपक्षमै बस्ने निर्णय गरिएको हो। यस्तै प्रदेश सरकारको हकमा भने वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी निर्णय गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।