काठमाडौं– उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच पुग्न नसकेको बताएकी छन्। मंगलबार सिंहदरबारमा भएको एक कार्यक्रममा उनले प्रविधिमा महिलाको पहुँच पुर्याउने नारा लगाए पनि नाराअनुसार काम हुन नसकेको बताएकी हुन्।
उनले अहिले पनि विभिन्न वडा सदस्यहरुसँग एउटा मोबाइलको पहुँच नहुँदा सामान्य सूचनाहरुसमेत हेर्न र पढ्न नसक्ने अवस्था रहेको बताइन्। उनले राज्यले हरेक वडा सदस्यहरुलाई एउटा मोबाइल प्रदान गर्न आवश्यक रहेको बताइन्।
मोबाइलको प्रयोगले उनीहरुको क्षमता विकास हुने उनको भनाइ थियो। उनले निर्भिक भएर कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सांसदहरुले बसह गर्न जरुरी रहेको बताइन्।
उपसभामुख रानाले महिलाको हक अधिकारकारको सुनिश्तिता गर्न राज्यबाट आवश्यक बजेट छुट्याउनुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।