काठमाडौं– जनता समाजवादी पार्टी नेपालले प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।