काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
लोसपाको सोमबार बसेको संसदीय दलको बैठकले संसद्मा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको एक नेताले बताए।
त्यस्तै राष्ट्रिय सभाको निर्वाचनमा पनि सत्ता गठबन्धनका उम्मेदवारको विपक्षमा उभिने लोसपाको निर्णय छ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने लोसपाले निर्णय गरेको हो। कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनले माओवादीका नारायण दाहाललाई उम्मेदवार बनाएको छ।
लोसपासँग राष्ट्रिय सभामा एक जना र प्रतिनिधि सभामा चार जना सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।