काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन्।
सोमबार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने उल्लेख गरे। उनले आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताए।
शर्माले भने, ‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो। तर लोकतन्त्रमा कसैको हार पनि हुन्न। कसैको जित पनि हुन्न। सबै हार्छन्। सबै जित्छन्। लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव। मेरो धेरै लामो राजनीतिक यात्रा छ। शिक्षाको हकमा पनि म अरुभन्दा कमजोर छैन। मैले जितेको खण्डमा यसको गरिमा बढाउने काम गर्ने थिएँ। संसदीय नियममा रहेरै काम गर्ने थिएँ। संसद् नियमावली अनुसार नै अगाडि बढाउने थिएँ सभालाई।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।