काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १२ बजे पार्टी मुख्यालय बालाजुमा बस्ने रास्वपाले जनाएको छ।
प्रतिनिधि सभाको इलाम- २ र प्रदेश सभाको बझाङ- १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुनेछ।
राप्रपा चार वटा मन्त्रालय सहित नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ। रास्वपाले इलाम-१ को चुनावको तयारीबारे छलफल चलाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।