काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल पदबाट हट्नुनुपर्ने डरमा रहेको बताएका छन्।
आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताएका हुन्।
उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे। उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए। उनले नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गरे।
उनले राजनीति विकृत बनाएको कारणले गर्दा पदको लोलुप्ता देखिने गरेको बताए। महामन्त्री थापाले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।