काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव अस्वीकृत भएको छ।
आइतबारको राष्ट्रिय सभाको कार्यव्यवस्था समितिको बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गरेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने प्रस्ताव अस्वीकृत भएको हो।
कांग्रेसको प्रस्तावलाई आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोकेकी हुन्।
उनले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिइन्। कार्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले कार्यव्यवस्था समितिको बैठकमा आगामी कार्यसूचिका बारेमा छलफल भएको बताइन्।
उनले साथै बैठकमा फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बारेमा पनि छलफल भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।