काठमाडौं- बहुल राष्ट्रिय राज्य स्थापनाको अभियान चलाइरहेका राजेन्द्र महतोले सबै नेपालीले गर्व गर्ने बहुल राष्ट्रिय राज्य स्थापना गर्ने दाबी गरेका छन्।
शनिबार जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अब मधेशीले मधेशवाददेखि स्वदेशवादसम्मको यात्रा तय गर्ने बताए।
‘तीन करोड नेपाली जनता र विभिन्न राष्ट्रियताका नेपाली जनताले गर्व र सम्मान गर्ने खालको बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने अभियानमा म लागिरहेको छु’, उनले भने।
कार्यक्रममा नेता केशव झाले मधेशीहरु सधैं एक्लै लडेको र शासकवर्गले आदिवासी जनजातिसँग एक हुन नदिने खालको भाष्य निर्माण गरेर ‘विजाजन गर र शासन गर’ भन्ने नीति अपनाएर आफूहरूलाई कमजोर बनाएको बताए।
‘त्यसकारण यस देशमा रहेका सबै उत्पीडित जातजाति र समुदायहरु एक भएर संघर्ष गर्नुको विकल्प छैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।