काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरे। कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्याउनेतर्फ नलाग्ने उनको भनाइ थियो।
उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने जिकिर गरे। उनले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैं हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पारे।
उनले कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भूमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैंले भनेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सट्टा हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाए।
महामन्त्री शर्माले चालु अधिवेशनमार्फत् विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।