काठमाडौं– राष्ट्रिय सभा अध्यक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिनेभएको छ।
आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको छ। तर उम्मेदवार भने पछि चयन गरिने कांग्रेसले जनाएको छ।
राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको थियो।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाएको हो।
यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।