काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न सो पार्टीले पदाधिकारी बैठक बोलाएको हो।
लोसपाका महासचिव डा सुरेन्द्र झाले महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए।
बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भातृ संगठन, राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्ने जनाइएको छ।
पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले काम गरिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।