काठमाडौं– सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी छ। शुक्रबार बिहान साढे ९ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएकाे एमालेको सचिवालय बैठक हालसम्म जारी छ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसुची रहेकाे छ। पछिल्लाे पटक माओवादी केन्द्रलाई नयाँ गठबन्धनमा सहभागी गराउँदै सरकारमा गएकाले उक्त विषयमा छलफल हुने छ।
आगामी दिनमा सरकारमा रहेर कसरी सफल हुने र प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग भएकाे सहमती बारे पनि सचिवालयमा छलफल हुनेछ।
सक्रमणकालिन न्याय सम्बन्धी विधेयकलाई कसरी अघि बढाउने र आफ्नाे धारणा के हुने भनि सचिवालयमा छलफल हुने अजेण्डा रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।