• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

64x64
रासस शुक्रबार, फागुन २५, २०८०  ०८:०३
1140x725

म्याग्दी– गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ। जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन्। परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैंमा सुन्दर गाउँको रुपमा परिचित छ।

भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभावले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ। केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन्।

बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ। गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताए। ‘विकास भनेको यही मोटरबाटो हो, यो पनि आएको जम्मा दुई वर्ष भयो, सडक आए पनि अरु विकास गाउँमा आउँदैन, यो लेकमा कस्ले हालिदिन्छ र बजेट, यसअघि त सदरमुकाम जान पनि दिनभर पैदल हिँड्नुपर्ने बाध्यत थियो’, उनले भने। 

गाउँमा कच्ची सडकको पहुँच पुगे पनि यो स्तरीय छैन। गाउँबाट सदरमुकाम बेनी पुग्न एकतर्फी एक हजार २०० भाडा लाग्छ। गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्लगायतको सुविधा भरपर्दो र गुणस्तरीय छैन। भौगोलिकरुपमा विकटता रहेको र छरिएका गाउँ बस्तीको कारण रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ८ कुइनेमङ्गलेलाई ‘म्याग्दीको कर्णाली’को उपमा दिने गरिन्छ।

यस वडामा एक गाउँबाट अर्को गाउँमा जान दिनभरकै पैदल यात्रा गर्नुपर्छ। छरिएर रहेकै गाउँबस्तीका कारण यस वडाको अहिले पनि सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ। स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँमा भौतिक पूर्वाधारको क्षेत्रमा विकासका गतिविधि अघि बढे पनि बसाँइसराइ रोकिएको छैन।

विकास गाउँ भित्रदै छ, तर कुइनेखानी गाउँ रित्तिने क्रम बढ्दै गएको छ। आधारभूत स्वास्थ्य सेवा लिनसमेत दिनभरको पैदलयात्रा गर्नुपर्ने बाध्यता स्थानीय तह कार्यान्वनयमा आएसँगै हटेको छ। गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा भित्रिएको छ।

अहिले गाउँ छाड्ने अधिकांश बालबालिकाको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउँछन्। मुख्यगरी गाउँमा शिक्षाको अवस्था कमजोर रहेको छ। वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय खाली हुँदै गएको छ। कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर ५ कक्षासम्म मात्रै पठनपाठन गराउन थालिएको छ।

स्तरीय शिक्षाका लागि बालबालिकालाई सहरी क्षेत्रमा लैजाने प्रचलन बढेसँगै गाउँको स्कुल खाली हुँदै गएको रघुगङ्गा गाउँपालिका–८ का वडासदस्य चबहादुर छन्त्यालले बताए। विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिको तर्फबाट सदस्यसमेत रहेका छन्त्यालले अङ्ग्रेजी माध्ययमको शिक्षा लिने लहडले आर्थिकरुपमा सक्षम भएका परिवारले सहरमा पठनपाठन गराउने प्रवृत्ति बढेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘आर्थिक अवस्था राम्रो भएकाले बोडिङमै पढाउन लौजान्छन्, गाउँको स्कुल भौतिकरुपमा पनि पुरानो र जीर्ण हुँदै गएको छ, स्कुल खाली हुने अवस्था आइसकेको छ’, उनले भने। यस विद्यालयमा अहिले जम्मा १५ जना बालबालिका अध्ययनरत रहेका छन्। कक्षा ५ मा अध्यन गर्ने विद्यार्थी सङ्ख्या शून्य रहेको छ।

केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीय लघु जलविद्युत्‌बाट विद्युत् सुविधा उपभोग गर्दै आएका स्थानीयले बाढी पहिरोको कारण निरन्तर झन्झट हैरानी बेहोर्नुपरेको छ। पुर्ख्यौली रुपमा खानी खन्ने सिलसिलामा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको थियो। तामा खानीको प्रख्यात ठाउँको रुपमा चिनिएको कुइनेखानीमा तत्कालीन समयमा तामाको प्रशोधन र बिक्रीका लागि विश्वकर्मा र थकाली जातिको समेत केही घरधुरीको बसोबास रहेको पाइन्छ।

खानी खन्ने काम बन्द भएपछि यहाँका स्थानीयको पेसा परिवर्तन भएसँगै गाउँको बसोबास घट्दै गएको स्थानीय नरमान छन्त्यालले बताए। ‘खानी बन्द भएपछिको पुस्ता भारतीय सैनिकमा भर्ती हुने लहर चल्यो, उनीहरुको आर्थिक स्थितिमा सुधार भएपछि अधिकांश लाहुरेले गाउँबाट बेनी, पोखरा, बुटवल, दाङ, भैरहवालगायतका ठाउँमा बसाइ सारेका छन्, गाउँबाट सहरमा सर्नेक्रम अझै छ’, उनले भने। गाउँमा अहिले बूढापाका र महिला र विदेश जाने प्रयासमा रहेका केही युवा मात्रै छन्।

स्वदेशमा रोजगारको अवसर नभएपछि युवायुवती विदेश पलायन हुने र आर्थिकरुपमा बलियो बन्न थालेपछि सहर झर्ने क्रमले गाउँमा वृद्धवृद्धा मात्रै रहने अवस्था आएको स्थानीय ७७ वर्षीय टीकाबहादुर विश्वकर्माले बताए। ‘गाउँ त खाली हुँदै गयो, युवा लाहुर लागे, हुनेखाने सरेर गए, बूढापाका मरेर गए हाम्रो पुस्तापछि गाउँमा को रहलान् र?’, उनले भने। गाउँको खेतीयोग्य जमिन बाँझो रहन थालेको छ। आलु, कोदो, मकै, जौ, गहुँलगायतका खाद्यबाली घट्दो क्रममा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही वर्षपछि यहाँका जनताले वनजङ्गल र झाडी भरिएको जग्गाको तिरो तिरेर मात्रै बस्नुपर्ने अवस्था आउने विक बताउँछन्। कुइनेखानीबाट पुतलीडाँडा सिङ्कोस बगर हुँदै धौलागिरि आधार शिविर र झिरबारी, भालीचुली, च्यमलीबुकी, रुवाचौर हुँदै आइसफलतर्फको धौलागिरि आधार शिविर पुग्न सकिन्छ।

रैथाने परम्परागत जनजीवन र संस्कृतिसँगै यहाँ रहेका पर्यटन सम्भावनाको उजागर गर्न सकेमा कुइनेखानीलाई पर्यटन विकासका माध्यमबाट विकसित, समृद्ध र आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्