काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत आफूहरुलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका हुन्।
प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको उनको भनाइ थियो। उनले प्रधानमन्त्रीले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने बताए।
उनले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताए। उनले नेपाली कांग्रेस गठबन्धनलाई ०८४ सालसम्म लैजानका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।