काठमाडौं– राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन्।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेका हुन्। उनले मन्त्रीमण्डल विस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए।
उनले प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो? भन्दै प्रश्नसमेत गरे। उनले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेल्न सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।