काठमाडौं– राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामीले सबै राजनीतिक दलहरुले जनताको आशा, विश्वास टुट्न नदिकन काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशको अर्थतन्त्रको स्थिति र जनताको अपेक्षा, राजनीतिक परिवर्तनपछि राजनीतिक पार्टीहरुले पूरा गर्नुपर्ने थुप्रै दायित्वहरु बाँकी नै रहेको जिकिर गरे।
उनले सरकारले बजेटअघि सिद्धान्त र प्राथमिकताबारे बहस, छलफलको चरण अघि बढाएको भन्दै नीति निर्माणमा जनतालाई उत्साहित गर्ने खालको र जनताको विश्वास र आशा जित्ने खालको बनाएर जान आवश्यक रहेको बताए।
उनले परिवर्तनको बीचबाट नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।