काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई आफ्ना पार्टीका सभापतिको पहलमा आफूहरूले हस्तक्षेप गरेको र नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले अहिलेको समयलाई अर्को ऐतिहासिक क्षण भएको बताए। ‘रास्वपा सदनमा आइरहँदा, यही रोस्ट्रमबाट पहिलोपटक बोलिरहँदाखेर, पार्टीका तर्फबाट आफ्ना विचारहरू राखिरहँदाखेर मैले भनेको थिएँ, हामी दुईचार जना व्यक्ति मात्रै आएका छैनौं। आजको समयको पेचिलो मुद्दाहरूलाई बुझेर समाज रुपान्तरणको विचारसहित नयाँ हस्तक्षेप गर्न आएका छौं भनेर हामीले भनेका थियौं’, उनले स्मरण गरे।
परियारले निर्वाचनमा प्रतिस्पर्धा र सदनमा सहकार्य हुनुपर्ने बताए। सुशासन, विधिको शासन, सामाजिक न्याय स्थापित, महिला, दलित, मधेसी र सबै विभेद र उत्पीडनमा परेकाहरूलाई न्याय दिने हो भने गठबन्धन गर्नै नपर्ने बताए। ‘देश गठबन्धन नगरे पनि बन्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।