काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले काँध नफेरे पनि खुट्टा फेरिरहन शुभकामना दिएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ‘सरकारलाई काँध फेर्ने छुट छैन’ भनेपछि खतिवडाले कटाक्ष गरेका हुन्।
‘काँध फेर्ने कुरा आयो। काँध नफेरे पनि खुट्टा फेरिरहनुस् शुभकामना’, प्रतिनिधि सभाको शून्य समयमा उनले भने।
खतिवडाले अब सरकारलाई जनताले पनि भेटुन् भन्ने शुभकामना व्यक्त गरे। उनले सहकारी पीडितहरूले न्याय पाउन् भन्ने शुभकामना पनि दिए।
‘सहकारी ठगहरूले कारबाही पाउन्। मिटरब्याजीले न्याय पाउन्। लघुवित्त पीडितले न्याय पाउन्। उपप्रधानमन्त्रीहरूको लस्कर हेर्दा पहिलो लहर भरिएकै छ। अझ उपप्रधानमन्त्री तलसम्म आउने अवसर प्राप्त होस् शुभकामना’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।