काठमाडौँ- नेपाली कांग्रेसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बस्ने बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निकै सक्रिय भएका छन्। उनी नयाँ गठबन्धनलाई रोक्न अझै पनि लागिपरेका छन्।
उनकै पहलमा साना राजनीतिक दलहरुले अहिलेको गठबन्धन सरकारमा सामेल भएका छैनन्।
आजको बैठकले थप रणनीति तय गर्ने कांग्रेस नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।