काठमाडौं- नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्रमा आशा जगाउने कोसिस गर्ने बताएका छन्। बुधबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै पुनले आफू अर्थमन्त्री हुँदा जनतालाई निराश नबनाउने दाबी गरे।
उनले भने, ‘प्रधानमन्त्रीले मलाई विश्वास गर्नुभएको छ। अर्थ मन्त्रालयको टिमलाई विश्वासमा लिएर काम गर्नेछु।’
अर्थमन्त्री पुनले आफ्ना अनुभव र ज्ञान प्रयोग गर्दै जनमुखी काम गर्ने बताए। ‘विगतमा पनि मन्त्रालय सम्हालिसकेका कारण मलाई केही अनुभव छ। म त्यही अनुभवको सदुपयोग गर्नेछु,’ उनले भने।
नवनियुक्त अर्थमन्त्री पुन आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।