काठमाडौं- सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस बागमती प्रदेश सरकारबाट अलग भएको छ। कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएका छन्।
कांग्रेसका ६ जना जना मन्त्रीले बुधबार बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले पदबाट राजीनामा दिएका हुन्।
उनीहरूले मुख्यमन्त्री कार्यालय हेटौँडामा उपस्थित भएर राजीनामा दिएका हुन्।
कांग्रेसले मन्त्रीहरूको राजीनामासँगै सरकारको समर्थन पनि फिर्ता लिने बताएको छ। कांग्रेसले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।