काठमाडौं- पुरानो गठबन्धन भत्किएपछि बन्न लागेको नयाँ सरकारमा नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्न लागेका छन्। नयाँ बन्ने मन्त्रीमा भानुभक्त जोशी र धनबहादुर बुढा रहेका छन्।
जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र बुढा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको लामो छलफलपछि समाजवादीका अध्यक्ष माधव नेपाल नयाँ सरकारमा जान सहमत भएका हुन्।
नयाँ गठबन्धनबाट नियुक्त हुने मन्त्रीहरुले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। साँझ ६:४५ बजे शपथ ग्रहणको कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।