काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। एमाले-माओवादीको गठबन्धन बनेपछि प्रतिपक्षमा पुगेका कांग्रेसले आफ्नो नयाँ रणनीति बनाउन दलको बैठक बोलाएको हो।
बिहीबार बिहान ९ बजे संसदको ल्होत्से हलमा बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखक जानकारी दिए। बैकठमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। उनका अनुसार संसदीय दलले उक्त निर्णयलाई आत्मसात गर्दै सरकारको समर्थन फिर्ताको निर्णय लिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।